Banner News
२४ घण्टामा ५ सय २५ जनामा कोरोना संक्रमण

चितवन २९ साउन। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।
साथै बिहीबार देशभरबाट १ सय ९ जना डिस्चार्ज भएका छन्।। बिहीबारसम्म १६ हजार ७ सय २८ जना डिस्चार्ज भएका छन्।
हालसम्म ९५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भइसकेकाे छ।