कोरोना भाइरस संक्रमण समुदायमा फैलिन थालेपछि धादिङमा एक साता निषेधाज्ञा

कोरोना भाइरस संक्रमण समुदायमा फैलिन थालेपछि धादिङमा एक साता निषेधाज्ञा

धादिङ २९ साउन। जिल्ला प्रशासन कार्यलय धादिङले कोरोना भाइरस समुदायमा फैलिन थालेपछि एक साताका लागि जिल्ला सदरमुकाम धादिङवेशीमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी भाद्र ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्रहरु तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ ।

साथै जिल्ला भित्रका सबै एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रमा रहेका सबैखाले होटल वित्तीय संस्था, यातायात सेवा र करदाता सेवा कार्यालय बन्द गराउने संकट व्यवस्थापन समितिले निर्णय गरेको छ ।

 



ट्रेन्डिङ