ओली र प्रचण्डबीचकाे वार्ता सकियाे, नेकपाको विवाद समाधानतिर

ओली र प्रचण्डबीचकाे वार्ता सकियाे, नेकपाको विवाद समाधानतिर

काठमाडौं २९ साउन। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएकाे वार्ता सकिएकाे छ। प्रधानमन्त्री ओलीले बुधबार मात्र एक टेलिभिजनमा ५ दिनभित्र सिनेरियो चेन्ज हुने बताएका भोलिपल्टनै छलफल भएको हो।

पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न बसेको सकारात्मक दिशाउन्मुख भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्।

गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको संवाद रोकिएको थियो। त्यसयता ओलीले प्रचण्डसँगको संवादका लागि रुची देखाएका थिएनन्।

 

 



ट्रेन्डिङ