कोरोनाको संक्रमण बढ्दै गएपछि रत्ननगरको ६ र ७ नं. वडाले चासो देखायो

कोरोनाको संक्रमण बढ्दै गएपछि रत्ननगरको ६ र ७ नं. वडाले चासो देखायो

चितवन २९ साउन। प्रभु बैंकको शाखा कार्यालय सौराहामा कार्यरत्त एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि रत्ननगर नगरपालिकाको वडा नं. ६ र ७ ले संक्रमण फैलिन नदिन चासो देखाएको छ । कर्मचारीमा संक्रमण देखिए लगतै वडा नं. ६ सौराहा स्थित प्रभु बैंकको शाखा कार्यालय सिल गरिएको छ ।

यस्तै संक्रमण समुदाय सम्म फैलिन नदिन वडा नं. ६ र ७ ले वडा भित्रका सम्पूर्ण बैंक तथा वित्तिय संस्थासँगै आर्थिक कारोवार देखि अन्य सामाजिक संघ संस्था बन्द गर्ने निर्णय गरेको छ ।  सहकारीले पसल पसलमा गएर बचत संकलन गर्न थालेपछि जोखम बढ्न सक्ने भन्दै अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बकुलहर रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले नगरवासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

 

 



ट्रेन्डिङ