आजदेखि धादिङको पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका गाडीमात्रै चल्ने

आजदेखि धादिङको पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका गाडीमात्रै चल्ने

काठमाडौं २९ साउन। धादिङको पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै चल्न दिने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ। धादिङको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले अर्को व्यवस्था नभएसम्म पृथ्वी राजमार्गमा कडाइ गरिएको जानकारी दिए।

‘एम्बुलेन्स र खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई मात्रै आवतजावत गर्न दिने निर्णय भएको छ,’ उनले  भने, ‘चितवन र धादिङको सीमा मौवाखोलादेखि धादिङ र काठमाडौंको सीमा पिपलामोडसम्म (पृथ्वी राजमार्गमा) चल्न नदिने निर्णय भएको हो।’

काठमाडौंमा कोरोना संक्रमित बढेकोले यस्तो निर्णय गर्नुपरेको उनले जानकारी दिए।

 



ट्रेन्डिङ