PBM News
भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा, अवस्था चिन्ताजनक

एजेन्सी २९ साउन। गत सोमबार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।
बिहीबार (आज) बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनको ब्रेन सर्जरी गरिएको थियो ।
उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन्