ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

हेटौंडा २९ साउन। हेटौंडामा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको तीनताप्केमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटो आपसमा ठोक्किएको हो।



ट्रेन्डिङ