कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द

काठमाडौं २९ साउन। काठमाडौंको कलंकी चोकका पसलहरू बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएको हो।

बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो।

वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन्।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ।

त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ।

 

 



ट्रेन्डिङ