भरतपुरको वडा नं.२ ले राष्ट्रिय परिचयपत्रको काम रोक्यो

भरतपुरको वडा नं.२ ले राष्ट्रिय परिचयपत्रको काम रोक्यो

चितवन २९ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाको वडा नं. २ ले अर्को सूचना नआए सम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य स्थगित गरेको छ । वडा नं. २ ले सूचना नै सार्वजनि गरेर राष्ट्रिय परिचयपत्र संकलन कार्य तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

परिचय पत्रिका लागि भिडभाड बढ्न थालेपछि तत्कालका लागि विवरण संकलनगर्ने कार्य स्थगित गरिएको वडा अध्यक्ष पूर्णवहादुर श्रेष्ठले जानकारी दिए । वडा नं. २ सहित महानगर र अन्य नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने कार्य तीब्र पारिएको थियो । महानगरकै अन्य वडा र केहि स्थानीयतहले अझैपनि राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य जारी नै राखेका छन् ।



ट्रेन्डिङ