रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द

रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द

चितवन २९ साउन। पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय भएको छ ।  अस्पताल संचालक समितिले अर्को सूचना जारी नभए सम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

स्त्री रोग सेवा, डायलाइसिस र इमर्जेन्सी सेवा बाहेकका अन्य सेवाहरु बन्द हुने अस्पताल स्रोतले जानकारी दिएको छ । आज (बिहिबार) अस्पतालमा कार्यरत २० जनाको स्वाब परीक्षणका लागि पठाउने तयारी भैरहेको छ भने अन्य कर्मचारीको आइतबार परीक्षण हुने बताइएको छ ।

सबै कर्मचारीको परीक्षण रिपोर्ट आएपछि मात्र अस्पताल पूर्णरुपमा संचालनमा आउने अस्पताल स्रोतले जनाएको छ ।



ट्रेन्डिङ