कोरोना कोषमा सिद्धार्थ बैंकले पौने ३ करोड रुपैयाँ सहयोग दियो

कोरोना कोषमा सिद्धार्थ बैंकले पौने ३ करोड रुपैयाँ सहयोग दियो

काठमाडौं २९ साउन । सिद्धार्थ बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरे । यसअघि बैंकले प्रदेश सरकार तथा विभिन्‍न स्थानीय तहलाई ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।



ट्रेन्डिङ