PBM News
पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिए

एजेन्सी २९ साउन। पछिल्लो २४ घण्टामा छिमेकी मुलुक भारतमा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ६६ कोरोना संक्रमित थपिएका हुन्।
त्यस्तै कोलोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएको छ। यससंगै मृत्यु हुनेको संख्या ४७ हजार १ सय ३८ पुगेको छ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९६ हजार ६ सय ३७ पुगेको छ ।