संक्रमणको जोखिम बढ्दै गएपछि आजरातीदेखि चितवनमा हिडडुल गर्न नपाउने

संक्रमणको जोखिम बढ्दै गएपछि आजरातीदेखि चितवनमा हिडडुल गर्न नपाउने

चितवन २८ साउन । लुकीछिपि विभिन्न ठाउँबाट चितवन प्रवेश गर्नेक्रम नरोकिएपछि चितवनमा आजराती देखि डिडुलमा रोक लगाएको छ । राती ९ बजेदेखि विहान ५ बजे सम्म हिडडुल गर्न रोक लगाएको हो ।

चितवन प्रहरीले समुदाय स्तरमा संक्रमण फैलिन सक्ने भएकाले सतर्कताका लागि रातको समयमा हिडडुल गर्न रोक लगाएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलवार बसेको बैठकले गरेको निर्णयकै आधारमा चितवन प्रहरीले सूचना नै जारी गरेर रातको समयमा हिडडुल गर्न रोक लगाएको जनाएको हो ।


लामो दूरीका सवारी साधन बाहेक जिल्ला भित्र गुड्ने सवारी आवागमन र मानिसहरुको पैदल आवागमनमा रोक लगाइएको सूचनामा भनिएको छ । निर्दैशनलाई उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ । यस अघि रातको समयमा विभिन्न जिल्लाबाट लुकिछिपी चितवन प्रवेश गर्ने क्रम रोकिएको थिएन । संक्रमणको उच्च जोखिम बढ्न सक्ने भन्दै चितवन प्रशासनले मंगलवार यो निर्णय गरेको थियो ।



ट्रेन्डिङ