देश /समाज
पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

मकवानपुर २८ साउन । कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । ३ दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरमा फेला परेको जनाइएको छ ।
उनको शव मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । बानियाँ सोमबारदेखि बेपत्ता थिए ।
उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको छ ।
बानियाँ ३ दिनदेखि परिवार, साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
तनहुँ स्थायी घर भएका बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।