माेरङमा थप एकजना संक्रमितकाे मृत्युु

माेरङमा थप एकजना संक्रमितकाे मृत्युु

माेरङ २८ साउन । मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएका बूढीगंगा गाउँपालिका- २, गंगाचोकका ती पुरुषलाई गम्भीर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान १ः२० मा उनकाे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।



ट्रेन्डिङ