रातको समयमा हिडडुलगर्न नदिने चितवन प्रशासनको तयारी

रातको समयमा  हिडडुलगर्न नदिने चितवन प्रशासनको तयारी

चितवन, २७ साउन । विभिन्न ठाउँबाट लुकिछिपि चितवन प्रवेश गर्न थालेपछि चितवन प्रशासनले चासो देखाएको छ । राति ९ बजेदेखि विहान ५ बजेको समय सम्म पूर्ण रुपमा हिडडुल गर्न नपाउने चितवन प्रशासनले निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले जोखिम न्यूनीकरणका लागि रातिको समयमा आवागमनमा रोक लगाउने निर्णय गरेको हो । यो निर्णय भने केहिदिनपछि मात्रै लागु हुनेछ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले परिस्थ्तिीलाई नजर अन्दाज गरेर निर्णय लागू गरिने जानकारी दिए । ‘यो निर्णयबारे चितवनबासीले जानकारी पाउन भनेर निर्णयहरु सार्वजनिक गरेका हौं ’उनले भने ।

अन्य जिल्लाबाट लुकिछिपि आउने प्रवृति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरुको आवागमन नियन्त्रण गर्नका लागि बेलुकी ९ बजेपछि विहान ५ बजेसम्म लामो दुरीका सवारी साधन बाहेक जिल्ला भित्र गुडने सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।

यसैबीच ससाना होटल वा खाजाघर तथा राजमार्ग क्षेत्रका पसलहरुलाई टेकअवे सेवा दिन लगाउने निर्णय गरेको छ । एकै ठाउँमा बसेर गफचुट्दै चिया पिउनाले जोखिम बढ्ने भन्दै टेकअवे सेवा दिन लगाउने निर्णय गरेको हो । होटल तथा ठूला रेष्टुरेन्टहरुको सवालमा भने राति ९ बजेपछि विहान ५ बजे सम्म सेवाग्राहीलाई दिने सेवा बन्दगर्न लगाउने निर्णय गरेको छ ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई मापदण्ड पालना गरेर मात्रै सेवा दिन लगाउने निर्णय गरेको छ । मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न सम्बिन्धत वडाका वडा अध्यक्षको संयोजकत्वमा प्रहरी समेत सहभागी भएर अनुगमन गर्नेछन् ।



ट्रेन्डिङ