भदौं ३१ सम्‍म सबै नाका बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

भदौं ३१ सम्‍म सबै नाका बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौं २७ साउन । सरकारले ३१ भदौसम्‍म नेपाल प्रवेशका सबै नाका र यात्रुको प्रवेशमा रोक लगाउन निर्णय गरेको छ । अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री डां. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

साथै, सरकारले छोटो, मध्यम र लामो दूरीको जिल्लाभित्र र अन्तरजिल्लामा १५ भदौसम्म चल्न नदिने निर्णय पनि गरेको छ ।
छिमेकी राष्ट्रभारतवाट रोजगारीका लागि नेपाल आउनेहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णयमा भनिएको छ । अवस्था सहज नभए सम्म भारतवाट कामदार ल्याउन नदिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।



ट्रेन्डिङ