गायक निशान भट्टराईले ऋचा न्यौपानेसँग विवाह गरे

गायक निशान भट्टराईले ऋचा न्यौपानेसँग विवाह गरे

काठमाण्डौं २७ साउन । गायक निशान भट्टराईले विवाह गरेका छन् । मड्गलबार धुलिखेल जिल्ला अदालतमा पुगेर ऋचा न्यौपानेसँग निशानले विवाह गरेका हुन् । निशान र ऋचा २ वर्षदेखि प्रेममा थिए । आफ्नो २ वर्षे प्रेमलाई विवाहको रूप दिएका हुन् । ऋचा र निशानले ुलाहुर जाने रेलु बोलको गीतमा एकसाथ काम गरेका छन् ।

नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनरअपसमेत रहेका निशान पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा निकै सफल भइरहेका छन् । चलचित्रकादेखि एल्बम तथा सोलो गीतहरूमा पनि निशान हावी बनिरहेका छन् ।

निशानको स्वरमा रहेका धेरै गीतहरू हिट भएका छन् ।



ट्रेन्डिङ