मोटरसाईकलको ठक्करवाट कालिकामा एकजनाको मृत्यु

मोटरसाईकलको ठक्करवाट कालिकामा एकजनाको मृत्यु

कालिका( चितवन ) २७ साउन । चितवनको कालिका नगरपालिकामा मोटरसाईकलको ठक्करवाट एकजना पैदलयात्रीको ज्यान गएको छ । आज विहान साढे ९ बजे बाटोमा हिड्दै गरेका एकवृद्धलाई मोटरसाईकलले ठक्कर दिँदा घटना स्थलमै मृत्युभएको हो ।

मृत्युहुनेमा कालिका नगरपालिका वडा नं. २ पदमपुरका ७० वर्षीय जन्नु महतो रहेका छन् । बाटोमा पैदल हिड्दै गरेको बृद्धलाई ना.३८प४२४९ नम्बरको पल्सर मोटरसाईकलले ठक्कर दिएका थियो । मोटरसाईकल चालक कालिका ६ सूर्यपुरका २१ वर्षका सुजन तामाङपनि घाइते छन । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।  मृतक महतोको शव पोष्टमार्टमाका लागि भरतपुर अस्पतालमा राखिएको चितवन प्रहरी प्रवक्ता सुर्यथापाले जानकारी दिए ।

 

 



ट्रेन्डिङ