पत्रकार चौधरीमाथी भएको आक्रमणको घटनाप्रति थारु पत्रकार संघद्धारा खेद व्यक्त

पत्रकार चौधरीमाथी भएको आक्रमणको घटनाप्रति थारु पत्रकार संघद्धारा खेद व्यक्त

चितवन २७ साउन । थारु पत्रकार संघ नेपालका सल्लाहाकार एवम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता गणेश चौधरीमाथी भएको सांघातिक आक्रमणको घटना प्रति थारु पत्रकार संघ नेपालले निन्दा गरेको छ ।

संघले प्रेस विज्ञप्ति नै जारी गरेर घटनाप्रति निन्दा गरेको हो । कैलालीको जानकी गाउँपालिका वडा नं. ६ मा साउन २६ गते बेलुकी रिपोटीङको क्रममा पत्रकार चौधरीमाथी पाँचजनाको समुहले आक्रमण गरी घाइते भएको घटनाप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
घाइते चौधरीको स्वास्थ्यलाभको कामना गर्दै आक्रमणमा संलग्नभएकाहरुलाई विना शर्त कानुनी कार्वाहीको माग गर्दछौं संघका महासचिव सन्तकुमार चौधरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।



ट्रेन्डिङ