पछिल्लो २४ घण्टामा थपिए ६ सय ३८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ६ सय ३८ कोरोना संक्रमित

चितवन २७ साउन। मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

 

 



ट्रेन्डिङ