देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

काठमाडौं २७ साउन। शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले खारेज गर्न माग गरेका छन्।

मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।

‘सभापति व्यक्ति होइन, संस्था हो, उहाँसँग पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परिम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन’ नेताहरुले भनेका छन् ।

 



ट्रेन्डिङ