दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

दाङ २७ साउन।  दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो ।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीलका सहायक बाहिनीपति अलिन सिहले जानकारी दिए ।

उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो । जसमा २९ जनाको पोजिटिभ र २ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति अलिन सिंहले जानकारी दिए ।तालिमका लागि आएका र केही बाहिनीभित्रकै सेनामा संक्रमण पुष्टि भएको उनले बताए ।



ट्रेन्डिङ