सांसद प्रदीप यादव कोरोनामुक्त

सांसद प्रदीप यादव कोरोनामुक्त

वीरगञ्ज २७ साउन। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन्।

गत साउन १७ गते कोरोना पोजेटिभ देखिएका यादवको १२ दिनपछि वीरगञ्जको नारायण अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना नेगेटिभ देखिएको हो।

कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनमा बसेका थिए।सांसद यादवले फेसबुकमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका थिए।

उनले सामाजिक दूरी कायम राख्न समेत सबैलाई अपील गरेका छन्।



ट्रेन्डिङ