मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु

दाङ २७ साउन। दाङमा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ।

दाङको नारायणपुरमा मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय युवकको मृत्यु भएको हो।

मंगलबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

बिहान करिब साढे ३ बजेतिर डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको हो।

 



ट्रेन्डिङ