रुसको कोरोना खोप परीक्षण गर्न फिलिपिन्सका राष्ट्रपति तयार

रुसको कोरोना खोप परीक्षण गर्न फिलिपिन्सका राष्ट्रपति तयार

चितवन २७ साउन। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले रुसले बनाएको कोरोना भाइरसको खोप लगाउन आफू तयार भएको बताएका छन्। उनले रुसले कोरोना भाइरसविरुद्धको खोप निर्माण गरेकोमा खुलेर प्रशंसा गरेका छन् ।

विश्वमा पहिलो कोरोना भाइरसको खोप बनाएको भन्दै रुसको प्रशंसा गर्दै डुटेर्तेले आफूले रुसले बनाएको कोरोनाको खोप लगाउने बताएको रोयटर्सले जनाएको छ।रुसले फिलिपिन्सलाई यो खोप उपलब्ध गराउने बाचा गरेको छ । फिलिपिन्समा १ लाख ३६ हजार ६३८ जनाभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् ।

सोमबार डुटेर्तेले भनेका छन्,‘म रुसका राष्ट्रपति पुटिनलाई यो भन्न चाहन्छु कि कोरोनाविरुद्धको लडाइँमा रुसको अनुसन्धानमा मेरो पुरा भरोसा छ। तयार हुन लागेको रुसको खोप मानवताको हितमा छ।’

रुसले हतारमा खोप निर्माण गर्न खोज्दा जनस्वास्थ्यमा खेलवाड हुनन सक्ने समेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आशंका जनाएको थियो ।डब्लुएचओले शंका जनाइरहेका बेला फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले रुसको खोप आफूमाथि प्रयोग गर्ने इच्छा व्यक्त गरेका हुन् ।

 



ट्रेन्डिङ