नेपालगन्जमा मृत्यु भएका अछामका एक व्यक्तिमा कोरोना पुष्टि

नेपालगन्जमा मृत्यु भएका अछामका एक व्यक्तिमा कोरोना पुष्टि

अछाम २७ साउन। साउन २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका एक व्यक्तिमा मृत्यु पछि कोरोना भाइरसको पुष्टि भएको छ।

अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार अछामको चौरपाटी निवासी ५० वर्षीय लोकेन्द्र रावलको उपचारका क्रममा साउन २५ गते मृत्यु भएको थियो।

साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित रहेको र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको अस्पतालका उपनिर्देशक श्रेष्ठले जानकारी दिए।



ट्रेन्डिङ