हेटौँडामा आज देखि निषेधाज्ञा जारी,राजमार्गदेखि बजार क्षेत्र सुनसान भयो

हेटौँडामा आज देखि निषेधाज्ञा जारी,राजमार्गदेखि बजार क्षेत्र सुनसान भयो

नवीन तिमल्सिना-

हेटौडा २७ असार । समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएपछि हेटौँडामा आज मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले २६ साउन राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञापछि बागमती प्रदेशको राजधानी हेटौँडा सुनसान बनेको छ । गत शनिवार हेटौँडामा मात्रै १५ सहित जिल्लाभरी २३ जना कोरोना संक्रमित थपिएपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारिस गरेको थियो ।

सुरक्षा समितिको बैठकले हेटौँडा उपमहानगरपालिको पूरै क्षेत्र र पूर्व पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाको दयाँबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । ३२ साउन राती १२ बजेसम्म निषेधाज्ञा गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिए । हेटौँडा र मनहरी बजारका पसलहरु पूर्ण रुपमा बन्द गरिएको छ भने सवारी साधन ठप्प छन् । सर्वसाधारणको पैदल आवतजावतसमेत शून्य छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत बाक्लो संख्यामा परिचालन गरिएको छ ।

निषेधाज्ञामा औषधी उपचार र खाद्य वस्तु खरिद बाहेक कुनै व्यक्ति घर बाहिर निस्किन पाइने छैन । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोकेका टंयाङ्कर, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन र जिल्ला प्रशासनबाट जारी भएका सवारी बास बोक्ने गाडीमात्रै सञ्चालनमा आउने पाउनेछ ।

खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ । अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डीपो, औषधि पसलबाहेक सम्पूर्ण पसल मात्र उक्त समयमा सञ्चालन गर्न नपाइने प्रजिअ नेपालले बताए ।



ट्रेन्डिङ