धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम २७ साउन । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । ‘गएराति उनको डेथ भयो डा. सिंहले भने ।’ उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए । उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।



ट्रेन्डिङ