गोंगबु हत्याकाण्ड अपडेटः सेक्सुअल ह्यारेसमेन्टका कारण, अण्डकोष फुटाएर हत्या

गोंगबु हत्याकाण्ड अपडेटः सेक्सुअल ह्यारेसमेन्टका कारण, अण्डकोष फुटाएर हत्या

काठमाण्डौं २७ साउन । काठमाडौंको गोंगबुमा एक पुरुषको वीभत्स हत्या घटनाको रहस्य खुल्दै जान थालेको छ । हत्या अभियोगमा पक्राउ परेकी महिलाले मृतकले सेक्सुअल ह्यारेस्मेन्ट गरेकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक बयान दिएकी छन् ।

आफुले किला ठोक्न प्रयोग हुने ह्याम्मरले अण्डकोषमा प्रहार गरेको हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । नशालु औषधि खुवाएर बेहोस बनाएपछि ह्याम्मरले प्रहार गरेर हत्या गरेको बताएपनि शवलाई कसरी टुक्राटुक्रा बनाइयो, शव व्यवस्थापनमा कसले कसरी सहयोग गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यापछि जारी अनुसन्धानका विषयमा प्रहरीले केहीवेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । हत्यामा संग्लन रहेको आरोपमा सोमबार राति चितवनबाट १ महिला पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको हो । पक्राउ परेकी कल्पना शाहीलाई घटनास्थलमा लिएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ । टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको शव वीभत्स रूपमा भेटिएको थियो ।

हत्या गरेर काठमाण्डौंवाट चितवन कसरी पुगिन ?

गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना शाहीले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ । अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आउँछन् । ती एम्बुलेन्स चालकलाई कल्पना ‘भिनाजु’ भनेर सम्बोधन गर्छिन् । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।

यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्नेबारे खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन ।



ट्रेन्डिङ