गाेंगबु हत्या काण्डकाे आराेपमा चितवनवाट एक महिला पक्राउ

चितवन २६ साउन । पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याईएको छ । ती महिलासंगै अन्य व्यक्तिको पनि अनुसन्धान भइरहेको चितवन प्रहरी स्रोतले जनाएको छ ।
गोंगबुमा आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । आज मृतक बोहराको शवको सनाखत गरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चितवन तर्फ केन्द्रित भएको थियो ।
गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो ।