बूढीगंगा नदीमा आएको बाढीले २७ घर बगायो, १ जना बेपत्ता, २ सय विस्तापित

बूढीगंगा नदीमा आएको बाढीले २७ घर बगायो, १ जना बेपत्ता, २ सय विस्तापित

बाजुर २६ साउन । बाजुराको गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा गएराति देखिको अविरल वर्षसँगै बूढीगंगा नदीमा आएको बाढीले बगाउँदा १ महिला बेपत्ता भएकी छन् । पहिरोका कारण बडीमालिका–२ घाग्रकी ५५ वर्षीया आउँसी देवी महत बेपत्ता भएकी छन् ।

बाढीले २७ घर बगाउँदा २ सय भन्दा बढी स्थानीय विस्तापित भएका छन् । गौमुल गाउँपालिका-१ सिम गाउँका ८ घर बडीमालिका नगरपालिका-२ का १३ वटा र वडा ५ का ६ वटा घर गरी २७ वटा घर बाढी पहिरोले बगाउँदा २ सय जना अलपत्र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रशाद भट्टराईले बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीय उद्धारमा हिजो रातिदेखि खटिएका छन् ।

त्यस्तै, बाढीले १ बेलीब्रीज र ५ वटा झोलुङ्गे पुल बगाएको छ । साँफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बूढीगंगा नदीमा बनाएको बेलिबिज्र आइतबार रातिको वर्षासँगै आएको बाढीले बगाएका कारण सदरमुकाम आवतजावत गर्ने बाटो नै बन्द भएको प्रहरीले जनाएको छ । बूढीगंगा नदीमा भएका ५ वटा झुलङ्गे पुल पनि बाढीले बगाएको छ ।



ट्रेन्डिङ