अवैध हतियार बिक्रीका लागि आएका एक युवक पक्राउ

अवैध हतियार बिक्रीका लागि आएका एक युवक पक्राउ

जनकपुरधाम २६ साउन। अवैध हतियार बिक्रीका लागि जनकपुरधाम आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती क्षेत्र धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादव छन् ।

ज.१ ह. ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागेजिनसहित पक्राउ गरेको हो ।

यादवले कालो रंगको प्लास्टिकको झोलामा राखिएको चिनीभित्र ४.५ लेखिएको अटोमेटिक पेस्तोल र म्यागेजिन लुकाएर राखेको पाइएको छ ।

 

 



ट्रेन्डिङ