पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो

पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो

चितवन २६ साउन। पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

एकै दिन काठमाडौंका २ जनाको मृत्यु भएको छ भने अन्य २ जना बाँके र पर्साका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँकेको कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हिजो दिउँसो ३ बजेतिर मृत्यु भएको उनले बताए । उनी उच्च रक्तचापको बिरामी थिइन् ।

यसैगरी पर्साको बेदियादी गाउँपालिका-१५ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । हिजो बिहान ४ बजे नारायणी कोभिड अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंकाको मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनको १० बजेतिर मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । यसैगरी काठमाडौंका कीर्तिपुर बस्ने ६४ वर्षीय १ पुरुष आजै बिहान मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।



ट्रेन्डिङ