पछिल्लो २४ घन्टामा थपिए ३ सय ३८ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थपिए ३ सय ३८ जना कोरोना संक्रमित

चितवन २६ साउन। पछिल्लो २४ घन्टामा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै ७६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।



ट्रेन्डिङ