चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिइन

चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिइन

भरतपुर २६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए।

सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त शर्माले जानकारी दिए। डा. वन्दना खनाल, डा. प्रेक्षा सिंह र डा. रेनुका ताम्राकारसहितको टोलीले शल्यक्रिया गरेको थियो।

डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।



ट्रेन्डिङ