विशेष आर्थिक क्षेत्र प्राधिकरणको प्रमुख बन्न ६ जनाको आवेदन

विशेष आर्थिक क्षेत्र प्राधिकरणको प्रमुख बन्न ६ जनाको आवेदन

काठमाडौं २६ साउन।  विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुख बन्न ६ जनाको आवेदन परेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको कार्यकारी निर्देशक(प्रमुख) बन्न ६ जनाले आवेदन दिएको जनाएको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले उक्त सूचना जारी गरी नेतृत्व चयन गर्न लागेको हो।

मन्त्रालयका अनुसार तनहुँका रघुराज काफ्ले र कुमार दाहाल, बागलुङका योगेन्द्र गौचन, काठमाडौका जनार्दन गुरागाई, गोरखाका डा. चण्डिकाप्रसाद भट्ट र दोलखाका प्रदीपकुमार मैनालीले कार्यकारी प्रमुख बन्न आवेदन दिएका छन्। भट्ट यसअघि पनि सेजको कार्यकारी प्रमुख भएर काम गरिसकेका छन्। मासिक ७५ हजार तलब बुझ्नेगरी नियुक्त भएका भट्टले पदीय जिम्मेवारी पूरा गर्न नसकेको कारण उनी बाहिरिन बाध्य भएका थिए।



ट्रेन्डिङ