रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं २६ साउन। रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।

अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार एक पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका कारण ७० जनाको मृत्यु भएको हो

त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ९२ हजार ६५४ पुगेको छ ।

रुस संक्रमित संख्याको आधारमा विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको चौथो ठूलो मुलुक हो ।

पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ११८ नयाँ संक्रमित फेला परेका छन् ।

 



ट्रेन्डिङ