कोरोना संक्रमणका कारण धनुषामा थप १ जनाको मृत्यु

कोरोना संक्रमणका कारण धनुषामा थप १ जनाको मृत्यु

जनकपुर २६ साउन। कोरोना संक्रमणको कारण धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी हुन् ।

जनकपुरस्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी र टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

 



ट्रेन्डिङ