विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो

एजेन्सी २६ साउन। विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

 



ट्रेन्डिङ