आज मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं २६ साउन। आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दैछ । बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।

बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो ।

तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।

 



ट्रेन्डिङ