मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मेडिसिटी अस्पतालमा उपचाररत  कोरोना संक्रमितको मृत्यु

काठमाडौं २६ साउन। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ।

निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।

मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।



ट्रेन्डिङ