प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ

प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ

चितवन २६ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम -उदय) सहित तीनजनालाई पक्राउ गरेको हो ।

चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका-६, का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका-७ धाचु नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, ठेकदार र स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको एसएसपी बास्तोलाले जानकारी दिए ।



ट्रेन्डिङ