पूर्वी अफ्रीका सिसेल्स बाट १०८ शिवलिंग निर्माणका लागि आर्थिक सहयोग

पूर्वी अफ्रीका सिसेल्स बाट १०८ शिवलिंग निर्माणका लागि आर्थिक सहयोग

चितवन २६ साउन । चितवनको रत्ननगरमा निर्माण भइरहेको १०८ शिवलिंग निर्माणका लागिका लागि पूर्वी अफ्रीका सिसेल्समा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । त्यहाँ रहेका चितवनबासीहरुबाट संकलन भएको ५१ हजार १ सय ११ रुपैयाँ विश्व हिन्दु महासंघका उप सभापति हरि बिलास खनाललाई आज हस्तान्तरण गरिएको छ ।

विश्व हिन्दू महासंघका आजिवन सदस्य, विश्व हिन्दू महासंघ चितवनका पूर्व सभापति तथा (एनआरएन) सिसेल्सका अध्यक्ष रामप्रसाद पन्त सहित पूर्वी अफ्रीका सिसेल्समा रहेका केहि चितवन बासिले आर्थिक संकलन गरेर पठाएका थिए । रत्ननगर नगरपालिकाको वडा नं. २ मा रहेको शिवालय मन्दिर परिसरमा निर्माण भइरहेको भवन सहित १०८ शिवलिंग निर्माणको लागि रामप्रसाद पन्तका छोरा प्रमोद पन्तले उक्त रकम हस्तान्तण गरेका हुन ।

उक्त सहयोग संकलनका लागि रत्ननगर निवासी रामप्रसाद पन्तले महत्तवपुर्ण भूमिका खेलेका थिए । विश्व महामारी कोरोना भाईरस (कोभिड १९)का कारण व्यापार, व्यवसाय,रोजगार लगायत आयमूलक कामकाजहरू ठप्प भएकाले सोचे जस्तो सहयोग गर्न असमर्थ रहेको राम प्रसाद पन्तले बताए । आगामी दिनमा पनि यसरी नै सहयोग गर्दै जाने उनको भनाई छ । मन्दिरको संरचना बनाउन सहयोग गर्नुहुने सिसेल्समा रहेका चितवनबासीहरुलाई हार्दिक धन्यवाद दिएका छन् । तपाईहरू लगायत सम्पूर्ण परिवारमा भगवान शिवको कृपा सदा रहोस् भन्दै आर्शिवाद समेत दिए । सबैको सहयोगले यस्ता खालका संरचनाहरु निमार्ण हुने निर्माण समितिका अध्यक्ष कृष्ण पन्तले बताए ।


पन्तले प्रदेशमा रहेरपनि आफ्नोगृह जिल्ला लगायतअन्य जिल्लाहरूमा समेत विभिन्न शिर्षकमा आर्थिक वा अन्य सहयोग पुर्याउदै आएका छन् । पन्त लगायत सिसेल्समा रहनुहुने चितवन बासिहरूले संकलन गरेको नाम र रकम सहितको विवरण यस प्रकार छ।

राम प्रसाद पन्त:-र न पा २:-सि रू २००६
तारा लेगंदेन चेम्जोड़ :- शिव सत्ताशि नगरपालिका ६:-सि रू ६००
जंग गुरुङ:- भरतपुर महानगर नगरपालिका ९ प्रेम बस्ति :- सि रू ५१०.
इन्द्र गुरुङ :-भरतपुर महानगर नगरपालिका २२ इन्द्रपुरी :- सि रू ५०१
विष्णु महत्तो:-रत्ननगर नगरपालिका ९ गणेश चोक :- सि रू ५०१
खोम लाल ईटनी:-खैरेनी नगरपालिका १ ज्यामिरे सि रू ५००
तारा पराजुली:-भरतपुर महानगर नगरपालिका ५ कैलाश नगर :- सि रू ५००
दुर्गा बहादुर अधिकारी:-भरतपुर महानगर नगरपालिका १५ शिरपुर:- सि रू५००
राम बगाले:-भरतपुर महानगर नगरपालिका ५ कैलाश नगर :- सि रू ५००
समित लोपचन तामाङ:-भरतपुर महानगर नगरपालिका १६ रामपुर :-सि रू ५००
रूद्रराज छतकुली:-खैरेनी नगरपालिका १२ कुम्रोज:- सि रू ५००
एकराज सुवेदी:-राप्तिनगर नगरपालिका ३ झुरझुरे:-सि रू ३००
नुप नारायण कुवँर:-भरतपुर महानगर नगरपालिका ११ विकास चोक :- सि रू २००.
प्रेम थापा:-भरतपुर महानगर नगरपालिका २४ नयाँवस्ति:-सि रू २००
विष्णु टिटुङ:-भरतपुर महानगर नगरपालिका ८ गौरिगञ्ज:-सि रू २००
राजु गुरुङ :-भरतपुर महानगर नगरपालिका ११ बसेनि:- सि रू १००



ट्रेन्डिङ