PBM News
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक हजारभन्दाको बढीको मृत्यु

एजेन्सी २६ साउन। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट एक हजारभन्दाको बढीको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो ।
यससँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ३८६ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि २२ लाख १५ हजार ७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ६४ नयाँ संक्रमित फेला परेका हुन् ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १५ लाख ३५ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।