PBM News
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागको भिसा सम्बन्धि सेवा बन्द

काठमाडौँ २६ साउन। अध्यागमन विभागमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।
विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।