स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि बागमती प्रदेशले आर्थिक सहयोग गर्ने

स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि बागमती प्रदेशले आर्थिक सहयोग गर्ने

चितवन २६ साउन। विपद व्यवस्थापनका लागि विभिन्न स्थानीय तहलाई बागमती प्रदेशले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन निर्देशक समिति बैठकले धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानीय तहलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख र सिद्धलेक गाउँपालिकालाई २० लाख रुपैयाँ दिर्ने निर्णय भएको छ । यसैगरी नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख, बाह्रबिसे नगरपालिकालाई १५ लाख रुपैयाँ प्रदेशले सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले दोलखाको गौरशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिकालाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको समितिले जनाएको छ ।



ट्रेन्डिङ