खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित पक्राउ

खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख  १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित  पक्राउ

काठमाडौं २६ साउन ।अहिले युग प्रविधि र पढेलखेका जमातहरुको युग हो । यस्तो युगमा पनि घुसमाग्नेहरुको जमात बाक्लै छ । तल्लोतहदेखि केन्द्रीय हाकिम, नेताहुँदै मन्त्री सम्मले घुस लिनेगरेको नयाँ होइन । तर पछिल्लो पटक अलि रहस्यम तरिकाले घुस लिनेगरेको तथ्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख(सातौ तह) इन्जिनियर सन्तोष साहले विभिन्न व्यक्ति र खानेपानी शाखा कार्यालयवाट घुस रकम उठाएर काठमाण्डौं लैजाँदै गर्दा बाटोमा नै पक्राउ गरे । स्थानीय स्तरका खानेपानी शाखाहरुबाट संकलन गरिएको स्रोत नखुलेको १० लाख ४४ हजार रुपैयाँ सहित धादिङबाट अख्तियारको टोलीले समातेका हुन । उनले स्थानीय स्तरबाट लिइएको रकम केन्द्रीय स्तरका हाकिमहरुका लागि पुर्याउन जाने क्रममा समातिएको हुन सक्ने अख्तियारको अनुमान छ । र अख्तियारले अनुसन्धान सुरु गरेको छ ।

खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको हो ।

लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङ धुनिवेसी नगरपालिका वडा नं.८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा साहसँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।



ट्रेन्डिङ