खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं २६ साउन। नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साहलाई श्रोत नखुलेको रकमसहित अख्यितारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो।

उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

उनी संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं.८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा निज सँग रहेको श्रोत नखुलेको नगद रकम २ लाख ३३ हजार ५ सय र बैंकमा जम्मा गरेको बैंक भौचर ८ लाख २२ बराबरको रकमसहित पक्राउ परेका हुन् ।

 



ट्रेन्डिङ