होटलमा काम दिन्छु भनेर बलात्कार, बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

होटलमा काम दिन्छु भनेर बलात्कार, बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

सल्यान २६ साउन। सल्यानमा काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको शारदा नगरपालिका-१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका-१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए।

प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

 



ट्रेन्डिङ